रियल हिरोइनसँग दिपकको ३० औं ‘एनिभर्सरी’

निर्माता तथा कलाकार दिपकराज गिरी बिवाहको ३० औं वर्षमा प्रवेश गरेका छन् । १८ वर्षकी मेनुकासँग दिपकले मागी विवाह गरेका थिए । साथ, सहयोग, माया, स्नेह र जिम्मेवारीको लागि श्रीमतीलाई धन्यवाद दिदै दिपकले शुक्रबार स्टाटस फेसबुकमा पोस्ट गरेका छन् ।


दिपक र मेनुकाको तर्फबाट तीन सन्तान छन् । जसमध्ये एक छोरा र एक छोरीको विवाह भैसकेको छ । भर्खर मात्र छोरीको विवाह भएको हो । कान्छो छोरा पढ्दैछन् । पारिवारिक हिसाबले दिपक सुखी र खुसी छन् । पिता र श्रीमतीको जिम्मेवारीमा उनी कलाकारिता क्षेत्रमा सक्रिय भएर लागि रहेका छन् ।

सानो र ठुलो पर्दा दुबैमा दिपक सफल भैरहेका छन् । अभिनेत्री दिपाश्री निरौलासँग सहकार्य दिपकलाई फापिरहेको छ । चार फिल्मको सफलतापछि दिपक र दिपा ‘छक्का पञ्जा ३’ निर्माणको तयारीमाा छन् । दिपक र उनकी रियल हिरोइन मेनुकालाई ३० औं बैवाहिक लगन गाँठोको शुभकामना !

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha