वास्तविक प्रेम जोडीको ‘बोबी’ टिजर रिलिज

वास्तविक प्रेम जोडीको कथामा बनेको फिल्म ‘बोबी’ को टिजर रिलिज भएको छ । मिलन चाम्स निर्मित एवं निर्देशित फिल्ममा रियल लभ कपल कविता गुरुङ र उमेश थापाले अभिनय गरेका छन् । डेढ मिनेट लामो टिजर बरिष्ठ अभिनेत्री गौरी मल्लको न्यारेशनबाट सुरु हुन्छ । टिजर हेर्नुस् :

कविता र उमेश बिचको प्रेम, संघर्ष र सफलताको कथा ‘बोबी’ मा हेर्न पाइने निर्देशक चाम्सले बताउँछन् । पेसाले उमेश इन्जीनियर हुन् भने कविता होटल म्यानेजर हुन् । बोबीमा यी दुईसँगै विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय छ ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘बोबी’मा संचारकर्मी नरेश भट्टराईको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन र ताराप्रकाश लिम्बुको संगीत रहेको छ । फिल्मको प्रदर्शन मिति भने तय भएका छैन ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha