प्रदीप खड्का २६ लागे, ‘लिलिबिली’ टिमसँग काटे केक

युवा स्टार प्रदीप खड्काले आफ्नो जन्मदिन फिल्म ‘लिलिबिली’ टिमसँग मनाएका छन् । निर्देशक तथा निर्माता मिलन चाम्स, निर्माताद्वाय गोविन्द शाही र सुदीप खड्काले प्रदीपको जन्मदिन दरबारमार्गस्थित अन्नपुर्ण होटलमा मनाइदिएका हुन् । भिडियो हेर्नुस् :

प्रदीपको जन्मदिनमा ‘लिलिबिली’ टिम र निर्माता सन्तोष सेन लगायत सिमित व्यक्ति उपस्थित थिए । ‘प्रदीपलाई भाग्यमानी हुनुपर्छ । सबैजना सप्राइज रुपमा आइदिनु भयो’, निर्देशक तथा निर्माता चाम्सले भने । स्टार नायक खड्काले आफुलाई जन्मदिनको शुभकामना दिने सबैलाई धन्यवाद दिए । फिल्म ‘प्रेम गीत’ हिट भएपछि युवा पुस्ताका ढुकढुकी बनेका प्रदीप फागुन २६ देखि २६ वर्षका भएका छन् ।

रोमान्टिक हिरोले ‘वर्थ डे’ मा केक उपहार पाए त ? ‘त्यस्तो विशेषत केही छैन । तर फ्यानहरुले केक चाहिं पठाइदिनु भएको छ’, प्रदीपले भने, ‘कतिपयले आफैं आफैं मिलेर केक काट्नु भएको छ । एउटा कलाकारको लागि यो एकदम भाग्यको कुरा हो ।’

प्रदीप अभिनित पछिल्लो फिल्म ‘लिलिबिली’ आउँदो चैत ३० गतेदेखि प्रदर्शनमा आउँदैछ । ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ गरी दुई वटा लगालग हिट फिल्म दिएका प्रदीप डिमान्डेड युथ एक्टर हुन् । यिनै युवा स्टारलाई जन्मदिनको शुभकामना !

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha