तीन फिल्ममा शिल्पा र पुष्पको ‘मंगलम’ माथि

गत शुक्रबारदेखि तीन फिल्महरु प्रदर्शनरत छन् । ‘मंगलम’, ‘गाँजा बाजा’ र ‘हुर्रे’ राम्रै प्रचार सहित प्रदर्शनमा आएका थिए । तीन फिल्महरुमध्ये छविराज प्रोडक्सनको मंगलमले व्यापारिक रुपमा बाजी मारेको छ । शनिबार गोपिकृष्ण हलको रिर्पोट हेर्नुस् :

प्रदर्शनको दिन देखि नै लिड गरिरहेको शिल्पा पोखरेल र पुष्प खड्का स्टारर ‘मंगलम’ ले शनिबार देशका अधिकाशं हलहरुमा हाउसफूलको व्यापार गरेको निर्माता तथा वितरकले बताएका छन् । ‘दर्शक हलबाट रुदै निस्किनु भएको छ । दर्शकको मन छुन हामी सफल भएका छौं’, पहिलो पटक निर्मात्री बनेकी नायिका शिल्पा पोखरेलले भनिन्, ‘हलमा दर्शकको भिड देख्दा साँच्चै मन आनन्द आउँदो रहेछ ।’

यता पहिलो पटक सफलताको स्वाद लिइरहेका नायक पुष्प खड्का दर्शकले दिएको साथप्रति कृतज्ञता व्यक्त गरे । ‘हलमा दर्शक देख्दा साँच्चै खुसी लागिरहेको’, स्टारको लाइनमा उभिएका पुष्पले भने । गोपिकृष्ण हलमा उनलाई फ्यानहरु उपहार लिएरै भेट्न पुगेका थिए । शनिबार राजधानीका हलहलमा शिल्पा र पुष्प सहित निर्माता ओझा सहित निर्देशक नवल नेपाल, फिल्मका अर्का नायक पृथ्वीराज प्रसाईं, वितरक गोपालकाजी कायस्थ लगायत घुमेका थिए । तीन फिल्मलाई पछि पार्दै आफ्नो फिल्मले दर्शकको साथ पाउँदा टिम दंग थिए । ‘गाँजा बाजा’ का निर्देशक र कलाकार संग गरिएको कुराकानी हेर्नुस :

यता फिल्म ‘गाँजा बाजा’ ले शनिबार राजधानीका मल्टिप्लेक्समा राम्रै दर्शकको साथ पायो । गणेश देव पाण्डे निर्देशित फिल्मलाई विशेषतः युवा दर्शकले रुचाइरहेका छन् । फिल्मका मुख्य कलाकारद्वा अनुपम शर्मा र सुशिल सिटौलाले आफ्नो भूमिकालाई पूर्ण रुपमा न्याय दिएका छन् भने नायिका बर्षा सिवाकोटी छोटो भूमिकामा प्रस्तुत भएकी छन् । ‘हुर्रे’ टिमसँग को रमाइलो कुराकानी हेर्नुस :

यता मल्टीस्टारर फिल्म ‘हुर्रे’ ले सोचे अनुरुप दर्शकको साथ पाउन नसकेको हलवाला बताउँछन् । केकी अधिकारी, अनुपविक्रम शाही, राजाराम पौडेल जस्ता चिनिएका कलाकारहरुको फिल्म हेर्न हलमा दर्शक उर्लिएनन् । याम थापा निर्देशित फिल्मलाई दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha