‘छक्का पञ्जा २’ हल टिजर रिलिज

फिल्म ‘छक्का पञ्जा २’ को हल टिजर युट्युवमा रिलिज भएको छ । असोज ११ गतेदेखि प्रदर्शनमा आउने फिल्मको टिजर बाहुबली २ रिलिजताका हलमा बजाइएको थियो । सुपरहिट गीत साँइली राखेर बनाइएको ‘छक्का पञ्जा २’ को टिजर यस्तो छ :

दिपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा २’ मा दिपकराज, प्रियंका कार्की, जितु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे, बुद्धि तामाङ, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल लगायतको अभिनय रहेको छ । फिल्मको छायाँकन सकिएर सम्पादन कार्य चल्दैछ । फिल्म निर्माणमा दिपक, दिपा, विकास आचार्य लगायत टिमले सहकार्य गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha