‘गाँजा बाजा’ मा सुशिल र अनुपमको प्रशंसा

गाँजा खाने दुई पात्रको कथामा बनेको फिल्म ‘गाजा बाजा’ लाई प्रेस शोमा रुचाईएको छ । शनिबार कुमारी हलमा सम्पन्न शोमा फिल्म हेरेका पत्रकारले प्रशंसा गर्दै हलबाट निक्लिए ।

प्रेसले फिल्मको प्रस्तुति र कलाकारको अभिनयलाई रुचाए । फिल्ममा गाँजा खाने युवाको भूमिकामा प्रस्तुत भएका सुशील सिटौला र अनुपम शर्माले अब्बल अभिनय गरेको शोमा उपस्थित सञ्चारकर्मीले प्रतिक्रिया दिए । गणेशदेव पाण्डे निर्देशित फिल्ममा सुशील र अनुपमसँगै नायिका वर्षा सिवाकोटी, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय छ ।

फिल्ममा निख एण्ड जटाको संगीत, याकोपो रास्लिकको छायाँकन र लोकेश बज्राचार्यको सम्पादन छ । बाबा सिनेमा निर्माण कम्पनिको सहयोगमा डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्मका निर्मातामा दिपेन्द्र रेग्मी र गोमा विष्ट थापा रहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha