साम्राज्ञीको प्रेममा को ? (तिमी सँग प्रोमो)

साम्राज्ञीराज्य लक्ष्मी शाह, आकाश श्रेष्ठ र नाजिर हुसेन स्टारर फिल्म ‘तिमी सँग’ को प्रोमो रिलिज गरिएको छ । चैत २३ गतेलाई प्रदर्शन मिति पक्का गर्दै शिशिर राणाको निर्माण तथा निर्देशन रहेको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । प्रोमो हेर्नुस् :

तिमी सँग को प्रोमो ले तीन पात्रको यात्रा र त्यसबिचमा उत्पन्न हुने विविध घटनालाई प्रस्तुत गर्दछ । निर्देशक राणाले प्रोमो कर्मसियल बनाएका छन् । सुन्दर दृश्य, रमाईला संवाद, गीत र फाइट प्रोमोमा देख्न सकिन्छ । प्रोमोमा साम्राज्ञीले आकाश र नाजिरले साम्राज्ञीलाई फलो गरेका छन् ।

साम्राज्ञी, आकाश र नाजिरसँगै प्रोमोमा तेश्रो लिंगी कलाकार अनुप शर्माको पनि केही झलकहरु छन् । सुशिल क्षेत्रीको सिनेम्याटोग्राफी रहेको फिल्ममा रोशन भट्टराईको द्धन्द्ध निर्देशन छ । ‘ए मेरो हजुर २’ पछि साम्राज्ञीको ‘तिमी सँग’ प्रदर्शनमा आउन लागेको हो । प्रेसमिटको भिडियो हेर्नुस् : 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha