मन छुने ‘मंगलम’, छवि ब्यानरको उत्कृष्ट फिल्म

‘जीवनमा पहिलो पटक फिल्म हेरेर रोएँ’, ‘हिम्तवाली’ नायिकाको रुपमा चिनिएकी रेखा थापाले फिल्म ‘मंगलम’ हेरेपछि प्रतिक्रिया दिइन्, ‘मलाई फिल्मको हरेक पक्षले छोयो । प्रत्येक परिवार, श्रीमान-श्रीमती र प्रेमि-प्रेमिकाले हेर्नुपर्ने फिल्म मंगलम बनेको छ’, रेखाले भनिन् । भिडियो हेर्नुस् :

‘मंगलम’ हेरेर रेखा मात्रै होइन, बिग मुभिज फिल्म हलमा उपस्थित सबै दर्शक रोए । धेरैको मन रोयो, केहीको आँखा । फिल्म सकिएको लामो समयसम्म पनि एक महिला सञ्चारकर्मी रोएर हलमै बसिन् । ‘कस्तो मन छोयो’, हुँक्क हुक्क गर्दै ती सञ्चारकर्मीले भनिन् । ‘मैंले स्क्रिप्ट सुनाउँदै बा (निर्माता छवि ओझा) रुनु भएको थियो’, ‘मंगलम’का निर्देशक नवल नेपालले भने, ‘अहिले दर्शक रोइरहनु भएको छ । हाम्रो काममा हामी सफल भयौं जस्तो लाग्छ ।’

‘म त आज पनि रोएँ’, नायिका शिल्पा पोखरेलले सुनाइन्, ‘अब उहाँले (रेखा थापा) तारिफ गर्नु भनेको एकदम ठुलो कुरा हो । हामीले सबैको मन जित्यौं भन्ने लाग्छ ।’ ‘मंगलम’मा सशक्त अभिनय गरेर सबैको मन जितेका नायक पुष्प खड्का सबैबाट पाएको प्रशंसाले दंग छन् । ‘कथा धेरै भेटिन्छन् । तर कथा भित्रका व्यथालाई प्रस्तुत गर्न कमै सफल हुन्छन् जस्तो लाग्छ’, पुष्प भन्छन्, ‘फिल्म हेरिरहंदा कसैले आफ्नो आँखाबाट आँसु रोक्न सक्नु भएको छैन । यही नै हाम्रो सफलता हो ।’

नायक पृथ्वीराज प्रसाईंले पनि फिल्मबाट तारिफ पाइरहेका छन् । अभिनेत्री मिथिला शर्माले अब्बल अभिनय गरेकी छन् । अभिनेता नीर शाह आफ्नो भूमिकामा फिट छन् ।सिनेम्याटोग्राफर विष्णु कल्पितले राम्रो खिचेका छन् ।  दिपक शर्माको संगीत रहेको ‘पर्ख पर्ख मायालु’ हिट छ । पुरानो धारलाई छोड्न नसकेको आरोप खेप्दै आएका निर्माता छविराज ओझा ‘मंगलम’ बाट मल्टीप्लेक्समा पनि आफु भित्रिएको बताउँछन् ।

‘म लोफरबाट मल्टिप्लेक्समा छिर्ने कोशिस गरेको थिएँ । छिरें पनि तर सफल भइँन’, फिल्म क्षेत्रमा बाघ निर्माताको रुपमा चिनिएका ओझाले भने, ‘मंगलममा आएर म सफल भएको छु । शनिबार सबै मल्टिप्लेक्स हाउसफूल भएका छन् । यसमा म खुसी छु ।’ हालसम्म निर्माता छविराज ओझाले बनाएका फिल्महरुमा ‘मंगलम’ पहिलो नम्वरमा पर्न आउने फिल्मकर्मीको भनाई छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha