‘हुर्रे’ को हलमा अवस्था के छ ?, निर्माताको दाबी यस्तो

गत शुक्रबारदेखि मल्टीस्टारर फिल्म ‘हुर्रे’ प्रदर्शनमा आएको छ । अनुपविक्रम शाही, केकी अधिकारी, राजाराम पौडेल र बिजय बरालको मुख्य भूमिका रहेको फिल्मको हाल हलमा अवस्था कस्तो छ त ?


निर्माता सोनाम लामाको दाबी अनुसार हुर्रे को हलमा शोज संख्या बढ्ने क्रममा छ । क्युएफएक्स र बिजी मल हलहरुमा फिल्मको शो संख्या बढिरहेको छ । शनिबार हुर्रेले देशैभर राम्रो व्यापार गरेको निर्माता लामाको दाबी छ । पशुपति क्षेत्रमा फुल बोच्ने एक युवतीको कथामा आधारित फिल्ममा केकी, अुनप, राजाराम, बिजय सहित अंकित खड्का, प्रकाश घिमिरे, संगीता नापित लगायतको अभिनय छ । हुर्रे लाई लेखक तथा निर्देशक यम थापाले गरेका हुन् ।

हुर्रेसँगै हलमा मंगलम र गाँजा बाजा प्रदर्शनरत छन् । तीन फिल्महरुमा मंगलमको व्यापार उच्च छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha