‘कोहलपुर एक्सप्रेस’ को शिर्ष गीत रिलिज

फिल्म ‘कोहलपुर एक्सप्रेस’ को शिर्ष लिरिकल गीत सार्वजनिक गरिएको छ । कालीप्रसाद बाँस्कोटाको स्वर र संगीत रहेको गीतको यो लिरिकल भिडियोले फिल्मका पात्रको परिचय दिन्छ । लिरिकल भिडियो हेर्नस् :

भिडियोमा विजय बस्यालले कलाकारका रमाईला तस्बिरहरु प्ले गरेका छन् । अभिनेत्री केकी अधिकारीको पहिलो निर्माण रहेको कोहलपुर एक्सप्रेसको तेश्रो गीत रिलिज भएको हो । प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, बुद्धी तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय रहेको फिल्म बैशाख १४ देखि प्रदर्शनमा आउँदैछ । म्युजिक भिडियो निर्देशक विशाल भण्डारीको कोहलपुर एक्सप्रेस डेव्यु निर्देशकिय फिल्म हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha