प्रताप दासको स्वरमा ‘अनुराग’को लिरिकल भिडियो

नेपाल आइडलमा तेश्रो भएका प्रताप दासको स्वरमा फिल्म अनुराग को गीत रिलिज भएको छ । ‘तिम्रो स्वर’मा बोलको गीतमा निर्देशक सत्यराज चौंलागाईंको शब्द छ । संगीत सरोज पोखरेलले दिएका छन् । ऋषि धमलाको प्रस्तुती रहेको अनुराग को नयाँ लिरिकल गीत हेर्नस् :

‘अनुराग’ मा ऋषि धमला पत्नी एलिजा गौतम र नव नायक समुन्द्र पण्डितको मुख्य भूमिका रहेको छ । फिल्म जेठ ११ गतेदेखि प्रदर्शनमा आउँदैछ । छायाँकन सकेर पोष्ट प्रोडक्सन रहेको फिल्मको यो दोश्रो गीत हो । कार्टुञ्ज क्रुका सरोज अधिकारीसँगको डिस्को गीतको भिडियो रिलिज भैसकेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha