मंहगो सेटमा ‘रुद्रप्रिया’ को गीत

कात्तिक २, लक्ष्मी पूजामा प्रदर्शन हुने फिल्म ‘रुद्रप्रिया’ को एक गीत महंगो सेट लगाएर गीत खिचिएको छ । बन्दीपुरमा लगाइएको ‘आउट डोर’ सेटको खर्च १८ लाख हाराहारी पुग्ने निर्मात्री रेखा थापाले बताइन् । ‘सेट भव्य नै बनेको छ’, रेखाले भनिन्, ‘सेट अनुसारको सबै काम भव्य भैरहेको छ ।’

राजनराज सिवाकोटीको संगीत रहेको गीतमा रेखा र आर्यन सिग्देल फिचरिङ छन् । कोरियोग्राफी प्रविण सिंहको छ । गत एक सातादेखि सुरु भएको गीतको सुटिङ यसै साता सकिने रेखाले बताइन् । बन्दीपुरपछि पोखराको सुटिङ सकेर रुद्रप्रिया टोली काठण्माडौं फर्किनेछ । राजधानीको केही दिनको काम पछि फिल्मको सम्पूर्ण सकिने रेखाको भनाई छ । सुदीप बबी भूपाल सिंहको निर्देशन रहेको फिल्मलाई संजय लामाले खिचिरहेका छन् । ‘रुद्रप्रिया मा सरस्वती थापा र रमेश एमके पौडेल निर्माताको रुपमा रहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha