‘नाईं नभन्नू ल ५’ मा प्रियंकाको निरञ्तरता, यी भए पक्का

लेखक, निर्माता तथा निर्देशक विकासराज आचार्यसँग नायिका प्रियंका कार्कीले चौथो पटक सहकार्य गर्ने भएकी छन् । प्रि-प्रोडक्सनको अन्तिम तयारीमा रहेको विकासको ‘नाईं नभन्नू ल ५’ मा मुख्य भूमिकामा प्रियंका पक्का भएकी हुन् । प्रियंका सँगै फिल्मको लागि लगभग सबै कलाकारहरु पक्का भैसकेको विकास बताउँछन् ।


‘यसपटक हामीले पुरानाको निरञ्तरता सहित केही नयाँ र केही अग्रज तथा अनुभवी कलाकारलाई लिएका छौं’, आचार्य भन्छन् । प्रियंकाको अपोजिटमा अभिनेता दीलिप रायमाझीलाई अनुबन्धित गरिएको उनले बताए । यस्तै बाल कलाकार अनुभव रेग्मीका लागि नयाँ बाल कलाकार सेड्रिना शर्मा अनुबन्धित भएकी छन् । अनुभव र सोड्रिना यतिबेला वर्कसर्पमा व्यस्त छन् ।

यस्तै ‘नाईं नभन्नू ल’ सिरिजमा नायिका स्वस्तिमा खड्काको ईन्ट्री भएको छ । फिल्ममा प्रियंका र स्वस्तिमा आमा र छोरीको भूमिकामा रहनेछन् । ‘अर्की एक नायिकालाई फाइनल गर्दैछौं’, निर्माता, निर्देशक तथा लेखक आचार्यको भनाई छ । यस्तै कलाकारहरु बुद्धि तामांग, जयनन्द लामा र नयाँ अनुहार अभिषेक नेपालले ‘नाईं नभन्नु ल ५’ मा अभिनय गर्नेछन् ।

चैतको दोश्रो सातादेखि फिल्मको छायाँकन सुरु हुनेछ । बसन्त सापकोटाको संगीत यथावत रहनेछ भने पुरुषोत्तम प्रधानको छायाँकन रहनेछ । फिल्मलाई भदौ ८ गते प्रदर्शन गर्ने बुझिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha