सविन र अनुको बिहे चर्चा, के हो वास्तविकता ?

प्रेमिका अनु शाहसँग बिहे भएको खबरलाई नायक सविन श्रेष्ठले अस्विकार गरेका छन् । अनुसँग सविनको कानुनी बिवाह भएको भनी मिडियामा आएको खबरलाई सविनले सरासर गलत भने । सत्य के हो त ?

‘हो हामी केही हप्ता अगाडी काठमाण्डू जिल्ला अदालत गएका थियौं, तर बिहे गर्नको लागि चाहि होइन्’, सविनले खुलाए, ‘म र अनुलाई एक व्यक्तिले गाली गलौज र धम्की दिएकाले हामी कानुनी सहायता लिन जिल्ला अदालत गएका थियौं । बिहे गर्न गएको भन्ने कुरा चाहिं झुठो हो ।’ तेश्रो व्यक्तिलाई असर पर्ने भन्दै अनु र आफुलाई गाली गर्ने व्यक्तिको नाम उनले खुलाउन चाहेनन् ।

अब बिहे चाहिं कहिले गर्ने त ? ‘करिअर भन्दा बिहे ठुलो कुरा होइन, समय छ बिहे गरौंला’, सविनले भने । तर सविन र अनुले बिहे गरेका भन्ने चर्चा लामै समयदेखि फिल्मी वृत्तमा चलिरहेको थियो । सविन र अनुले झुठ बोले या सत्य लुकाउन खोजे त्यो चाहिं उनीहरु आफैं जानुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha