‘कोहीसँग पनि मेरो प्रतिस्पर्धा छैन’ : नाजिर हुसेन

कलाकार नाजिर हुसेनले आफ्नो प्रतिस्पर्धा अरु कुनै कलाकारसँग नरहेको बताएका छन् । आफ्नो काम गर्ने स्टाइल छुट्टै रहेको बताउँदै नाजिरले अरु कलाकारसँग आफ्नो कुनै पनि किसिमको प्रतिस्पर्धा नभएको बताए हुन् । यो भिडियो हेर्नुस् :

फिल्म ‘मंगलम’ हेरेपछि नयाक पुष्प खड्कालाई प्रतिस्पर्धीको रुपमा हेर्नु भएको छ ? भन्ने प्रश्नमा नाजिरले त्यस प्रकारको उत्तर दिएका छन् । पुष्पले ‘मंगलम’मा गरेको अभिनयको यतिबेला चारैतिर प्रशंसा भैरहेको छ । नवल नेपाल निर्देशित फिल्ममा पुष्प,नायिका शिल्पा पोखरेल र मिथिला शर्माको मुख्य भूमिका छ ।

थिएटरबाट फिचर फिल्ममा आएका नाजिर स्क्रिप्टको पात्रलाई पर्दामा उतार्न हदैसम्मको मिहेनत गर्दछन् । डेव्यु फिल्म ‘होस्टल रिटन्र्स’ होस् या ‘राज्जा रानी’ ! नाजिरको हरेक फिल्ममा अभिनयको प्रशंसा हुनेगर्दछ । साम्राज्ञी, आकाश श्रेष्ठ र नाजिरको मुख्य भूमिका रहेको फिल्म ‘तिमी सँग’ चैत २३ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha