‘सोलि डोली गर्ने कुरा सत्य होइन’ : प्रदीप खड्का

‘लिलिबिली’ टिमसँग सोलि डोली नामक फिल्ममा सहकार्य गर्ने खबरलाई नायक प्रदीप खड्काले सत्य नभएको बताएका छन् । निर्देशक मिलन चाम्सले त ‘बिर विक्रम २’ बाहेक आफ्नो अन्य प्रोजेक्ट  नरहेको स्टाटस फेसबुकमा पोस्ट गरेका छन् ।


तपाईं ‘सोलि डोली’ गर्दै हुनुहुन्छ हो ? भन्ने प्रश्नमा प्रदीप भन्छन्, ‘उहाँहरुले गरौं भन्ने कुरा गर्नु भएको हो । तर मैंले भैरवी र प्रेम गीत ३ बाहेक अरु प्रोजेक्ट फाइनल गरेका छैन ।’ उसो भए मिडियामा कसरी आयो त सोली डोली गर्ने खबर ? ‘खै कसरी आयो ? म आफैं अचम्ममा परेको छु । मैंले कुनै पनि नयाँ प्रोजेक्ट साइन गरेको छैन ।’

निर्देशक चाम्सले पनि नयाँ प्रोजेक्ट बारे आफैं नै जानकार नभएको दाबी गरेका छन् । उसो भए कहाँ बाट आयो त सोली डोली समाचार ? यो टिमको ‘लिलिबिली’ यही चैत ३० गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha