धुर्मुस-सुन्तलीलाई वर्ष व्यक्ति सम्मान

चर्चित हाँस्य व्यांग्य जोडी तथा सामाजिक अभियान्ता धुर्मुसु र सुन्तलीको जोडीलाई फिल्मी खबर वर्ष व्यक्तिको रुपमा सम्मान गरिएको छ । साप्ताहिक फिल्मी खबरको नवौं वार्षिक उत्सबको अवसर पारेर सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई सम्मान गरिएको हो ।

‘परिवारको सम्मान पाउँदा निकै खुसी लागिरहेको छ’, सम्मान ग्रहणपछि आफ्नो मन्तव्य राख्ने क्रममा कुञ्जनाले भनिन् । ‘यो सम्मानले हामीलाई अगाडी बढ्ने थप उर्जा मिलेको छ’, सितारामले थपे, ‘हाम्रो सामाजिक अभियान सम्पूर्ण कलाकारकारिता क्षेत्रकै प्रतिनिधिको रुपमा लिएका छौं ।’


चार वटा एकिकृत नमुना बस्ती बनाइसकेका धुर्मुस सुन्तली नमुना नेपाल निर्माण अभियानमा जुटेका छन् । सामाजिक कार्यसँगै कलाकारितामा फर्कने सोच बनाइरहेको उनीहरु बताउँछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha