हसनको ‘रोमियो’ मा संजोग र अशिष्माको ‘ल्याङ ल्याङ’

फिल्म ‘रोमियो’ मा समावेश ‘ल्याङ ल्याङ’ बोलको गीतको छायाँकन गरिएको छ । बिहिबार काठमाण्डौको ठमेलमा रहेको एक डान्स क्लबमा यो गीतको भिडियो छायांकन गरिएको हो । ८० जना भन्दा बढी कोरसका साथमा फिल्मका मुख्य नायक हसनराजा खान र नव–नायिका ओसिमा बानुले गीतमा नृत्य गरे । यो गीतको अडियो र कभर भिडियो समेत सार्वजनिक भैसकेको छ ।

गम्भिर बिष्टको कोरियोग्राफी रहेको गीतको भिडियोमा नायिका अशिष्मा नकर्मी र नायक संजोग कोइरालाले पनि कम्मर मर्काए । गीतमा सुनिल पाण्डेको संगीत, सहिमा श्रेष्ठ र सुनिल पाण्डेको स्वर छ । शंकर कार्कीको निर्देशन रहेको रोमियोमा नीशा अधिकारी, मेलिना मानन्धर र ओसिमा बानुको मुख्य भूमिकामा रहेको छ । फिल्म कात्तिक १७ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha