सकियो ‘शत्रुगते’ टिमको मोफसल टुर

‘शत्रुगते’ टिमको ‘रुस्लान मह शत्रु गते यात्रा’ सकिएको छ । फागुन २३ गतेदेखि हेटौंडाबाट सुरु भएको टुर ३० गते इटहरी पुगेर सकिएको हो ।

‘शत्रु गते’ का निर्माता तथा कलाकार हरिवंश आचार्य, प्रस्तुतकर्ता किरण केसी, अभिनेत्री दीपाश्री निरौला, शिवहरि पौडेल, पल शाह र आँचल शर्माको टिमले २४ गते नारायणगढ, २५ गते बुटवल, २६ गते पोखरा, २८ गते बिर्तामोड, २९ गते दमकसम्म पुग्यो उनीहरुले ती शहरहरुमा कन्सर्ट तथा प्रेसमिट गरेका थिए । मोफसल यात्रा उपलब्धीपूर्ण रहेको टिमले बताएको छ ।

मह सञ्चारको ब्यनारमा बनेको शत्रुगते मा किरण केसी प्रस्तुतकर्ताको रुपमा रहेका छन् । निर्देशन प्रदीप भट्टराईले गरेका हुन् । कथा हरिवंश आचार्यको छ । फिल्म चैत्र ९ मा रिलिज हुँदैछ । मल्टीस्टार कास्ट, गीत तथा प्रोमोका कारण शत्रुगते चर्चामा छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha