‘मंगलम’ हेरेपछि पलले गरे पुष्पको प्रशंसा

युवा स्टार पल शाहले सहकर्मी नायक पुष्प खड्काको प्रशंसा गरेका छन् । पुष्प अभिनित फिल्म ‘मंगलम’ हेरेपछि पलले उनको प्रशंसा गरेका हुन् । आफ्नो फेसबुकमा पलले पुष्पप्रति प्रशंसाका शब्द खर्चिएका छन्।

‘मंगलम उत्कृष्ट चलचित्र बनेको रहेछ’, पलले फेसबुकमा लेखेका छन्, ‘पुष्पले धेरै राम्रो काम गरेको छ । बधाई सम्पूर्ण टिमलाई !’ सँगसँगै जसो मोडलिंग करिअर सुरु गरेका पल र पुष्प मिल्ने साथी हुन् । यी दुवै म्युजिक भिडियोका स्टार हुन् । मंगलममा गरेको उत्कृष्ट अभिनयसँथै पुष्प स्टारको लाइनमा उभिएका छन् । ‘मंगलम’ विशेष शोको भिडियो हेर्नुस् :

छविराज प्रोडक्सनमा नवल नेपाल निर्देशित फिल्म ‘मंगलम’ मा पुष्प, नायिका शिल्पा पोखरेल, अभिनेत्री मिथिला शर्मा, अभिनेता निर शाह र नायक पृथ्वीराज प्रसाईंको मुख्य भूमिका रहेको छ । यो शुक्रबारदेखि फिल्मले दोश्रो साताको प्रदर्शन यात्रा तय गरेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha