धमलालाई लिएर एलिजाले ‘अनुराग’को प्रचार गर्ने

सञ्चारकर्मी ऋषि धमला पत्नी एलिजा गौतमले फिल्म ‘अनुराग’ निर्माण गरेकी छन् । म्युजिकल लभ स्टोरी फिल्ममा उनले लिड हिरोइन भएर अभिनय समेत गरेकी छन् । एलिजा आफ्नो फिल्मको व्यापक प्रचार गर्ने सुरमा छिन् । त्यसैले जहिल्यै चर्चामा आउने पति धमलालाई प्रचारमा लिएर हिंड्ने उनको योजना छ । हेर्नुस् भिडियो :

‘समय मिल्यो भने म पनि जान्छु’, धमला भन्छन्, ‘अनुराग सबैले हेर्नुपर्छ ।’ प्रचारमा मात्रै होइन पतिको चर्चित शो धमलाको हमलामा पनि एलिजाले जाने सोच बनाएकी छन् । तर धमला भन्छन्, ‘यो सब समयले बताउँछ ।’ जेठ ११ गतेदेखि प्रदर्शनमा आउने फिल्मको म्युजिकल कन्सर्ट गर्ने योजना टिमको छ । सत्यराज आचार्यको डेव्यु निर्देशन रहेको फिल्म अनुराग मा समुन्द्र पण्डित मुख्य हिरोको रुपमा प्रस्तुत भएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha