‘डमरुको डण्डीबियो’ मा ‘तितेपाते तितेपाते…'(भिडियो)

पोस्टरपछि फिल्म ‘डमरुको डण्डीबियो’ गीत रिलिज गरिएको छ । ’तितेपाते तितेपाते झ्याप झ्याप’ बोलको गीतमा कालीप्रसाद बाँस्कोटाको स्वर र संगीत छ । शब्द एकतारे, काली र हर्क साउदले लेखेका हुन् । भिडियो यस्तो बनेको छ :

छेतेन गुरुंग निर्देशित फिल्मको गीतमा फिल्मका शिर्ष पात्र अभिनेता खगेन्द्र लामिछाने, अनुप बराल, अभिनेत्री मेनुका प्रधान, कलाकार वुद्धि तामाङ, आशान्त शर्मा, लक्ष्मी बर्देवालाई डण्डीबियो सिक्दै र खेल्दै गरेको देख्न सकिन्छ । फिल्ममा खगेन्द्र डमरु र अनुप डण्डीबियो प्रशिक्षकको रुपमा प्रस्तुत भएका छन् । एक समय राष्ट्रिय खेलको रुपमा रहेको डन्डीबियोलाई मुख्य कथा बनाएर फिल्म तयार गरिएको हो ।

फिल्ममा अंकित खड्का, मिश्री थापा, नमिता घिसिङ, इंगि होपू कोइंच सुनुवार लगायतका कलाकारहरुको पनि अभिनय छ । समृद्धि इन्टरटेन्मेन्टको ब्यानरम बनेको ‘डमरुको डण्डीबियो’ मा विनोद गुरुंग र नोर्वु छिरिंग घले निर्माताको रुपमा रहेका छन् । फिल्मको कथा कलाकार खगेन्द्र आफैंले लेखेका हुन् । फिल्म वर्ष ०७५ को बैशाख २१ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha