निखिल र सौगातको ‘संरक्षण’ प्रोमो र प्रदर्शन मिति रिलिज

फिल्म ‘संरक्षण’ को प्रोमो रिलिज गर्दै प्रदर्शन मिति पनि तय गरिएको छ । निखिल उप्रेती र सौगात मल्ल स्टारर यो फिल्म अब साउन २७ गतेदेखि प्रदर्शनमा आउनेछ । साउन १३ मा निखिलकै रुद्र आउने भएपछि ‘संरक्षण’ नयाँ मितिमा प्रदर्शन हुने भएको हो । प्रोमो हेर्नुस् :

पुर्णेन्दु झा निर्देशित फिल्म ‘संरक्षण’ को विषयवस्तु मधेशमा हुने गुण्डागर्दी तथा तस्करीमा आधारित छ । निखिल र सौगातसँगै फिल्ममा रमेश रञ्जन झा, मलिना जोशी, अशिष्मा नकर्मी, प्रमोद अग्रहरी, कामेश्वर चौरसिया लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्म नरेन्द्र महर्जन, प्रदीप कुमार उदय, नन्दु श्रीवास्तव र श्वेता शाहको संयुत्त लगानीमा निर्माण भएको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha