‘चङ्गा चेट’ गर्दै प्रियंका, आयुष्मान र परमिता

दिपेन्द्र के.खनालले निर्देशन गर्ने फिल्म ‘चङ्गा चेट’ मा प्रेम जोडी प्रियंका कार्की र आयुष्मानको जोडी पक्का भएको छ । प्रियंका सँगै आयुष्मानकी पुर्व प्रेमिका परमिता राज्यलक्ष्मी राणा पनि अनुबन्धित भएकी छन् ।


तर आयुष्मानको अपोजिटमा भने परमिता हुने छैनन् । आयुष्मानसँग प्रियंकाको जोडी नै कायम रहेनछ । रिलेसनसिपमा रहंदा आयुष्मान र परमिताले ‘चपली हाईट २’ बाट रजतपटमा डेव्यु गरेका थिए । फिल्म रिलिजको केही महिनापछि दुई अलग भए । यतिबेला प्रियंकासँग आयुष्मानको जोडी जमिरहेको छ ।

माधव वाग्लेले निर्माण गर्ने ‘चङ्गा चेट’ मा सबै जसो कलाकारहरु तय भएका छन् । नायिका ऋचा शर्मा, कलाकार रविन्द्र झा, सन्दिप क्षेत्री, सन्ध्या केसी लगायत कलाकारहरुको अभिनय रहनेछ ।

फिल्ममा निरज कँडेलको छायांकन, प्रदिप भारद्धाजको कथा, अर्जुन पोखरेल र राजनराज सिवाकोटी संगीत छ । छायाँकन जनकपुर, काठमाडौं र पोखरामा हुनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha