आँचलको अडान, ‘वेड सिन र किस सिन दिन्न’

नायिका आँचल शर्माले फिल्ममा वेड सिन र किस सिन नदिने अडान लिएकी छन् । यस्ता दृश्य भएका फिल्मको प्रस्ताव आए आफुले फिल्म नै नखेल्ने उनले बताइन् ।

आइतबार फिल्म ‘शत्रुगते’को प्रेशमिटमा आँचलले भनिन्, ‘मैंले अहिलेसम्म फिल्ममा वेडसिन र किससिन दिएको छैन र, दिंदा पनि दिन्न ।’ चैत ९ गतेदेखि प्रदर्शनमा आउने मल्टीस्टारर फिल्म ‘शत्रुगते’ मा पनि त्यस्ता सिनहरु नरहेको आँचलले प्रष्ट्याइन् । मह जोडीको ब्यानरमा किरण केसीको प्रस्तुती रहेको शत्रुगते मा काम गर्न पाउँनु आफ्नो लागि भाग्यको कुरा रहेको आँचलले बताइन् ।

प्रदीप भट्टराई निर्देशित ‘शत्रुगते’ मा आँचलको अपोजिटमा नायक पल शाह प्रस्तुत भएका छन् । पल र आँचलसँगै मह जोडी, दिपक र दिपा, प्रियंका काकी, बसुन्धरा भूषाल, शिवहरी पौडेल लगायत कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha