‘अमेरिका बोइज’ को ट्रेलर आयो, हेर्नुस् कस्तो छ ?

फिल्म ‘अमेरिका बोइज’ को टिजर सार्वजनिक भएको छ । अर्पण थापा, सुनिल थापा, सन्दिप छेत्री, हरिहर शर्मा, कामेश्वार चौरासिया स्टारर फिल्मलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् । प्रोमो हेर्नुस् :

सीबर्ड्स पिक्चर्स र बडी इन्टरटेनमेन्टको ब्यानरमा प्रकाश भुजेल र इन्द्र प्रशाद खरेलले निर्माण रहेको यो फिल्ममा अभय बराल, आशिष प्रसाईं सृष्टि कार्की, सारदा गिरी, रश्मि भट्ट, रमा थपलिया सुवाश गजुरेल, राजु खरेल मनिष राउत लगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मका कार्यकारी निर्माता समिर खरेल हुन् भने सह निर्माताका रुपमा अनुप थापा यमुना खरेल र राज के.सी रहेका छन् ।

विवेक पाण्डेको फिल्मको कथा, पटकथा तथा सम्वाद रहेको फिल्ममा आलोक शुक्लाको छायाङ्कन र निमेष श्रेष्ठको सम्पादन छ । सम्राट बस्नेतको द्वन्द रहेको फिल्मको कोरियोग्राफर सुनिल छेत्री र नेपाली ठिटोज हुन । फिल्मको प्रदर्शन मिति जेठ १८ गतेलाई तोकिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha