२१ लागेकी आँचलका हेर्नुस् पाँच आकर्षक तस्बिर

नायिका आँचल शर्माको आज जन्मदिन । उदाउँदी आँचल चैत ५ देखि २१ वर्षमा प्रवेश गरेकी छन् । ‘खुसी लागिरहेको छ’, वर्थ डे गर्ल शर्माले भनिन्, ‘अब चाहिं बल्ल ठूली भएँ जस्तो लाग्छ ।’ जन्मदिनमा सकेको समाज सेवा गर्ने आँचल बताउँछिन् ।

‘नाईं नभन्नू ल ४’ बाट रजतपटमा डेव्यु गरेकी आँचलको युवा पुस्ता माझ आफ्नै क्रेज छ । विशेषतः नायक पल शाहसँग उनीको जोडी स्क्रिनमा फिट देखिन्छ । धेरैले पल र आँचललाई रियल कपलका रुपमा हेर्ने गर्दछन् । तर उनीहरु आफ्नो सम्बन्धलाई राम्रो साथीको संज्ञा दिदैं पन्छिने गर्दछन् ।

पल र आँचल जोडी भएको फिल्म शत्रुगते यही चैत ९ गतेदेखि प्रदर्शनमा आउँदैछ । उनीहरु यही फिल्मको प्रचार प्रसारमा व्यस्त छन् । व्यस्त ‘वर्थ डे गर्ल’ का पाँच तस्बिर ! तस्बिर : कुशल घतानी राई

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha