आकाशसँग पूजा फिट, जोडी होला त हिट ?

फिल्म ‘रामकहानी’ मा नायिका पूजा शर्मासँग नायक आकाश श्रेष्ठ नयाँ जोडीको रुपमा प्रस्तुत भएका छन् । नायकद्वया प्रदीप खड्का र पल शाहपछि निर्देशक सुदर्शन थापाले पूजाका लागि आकाश रोजेका हुन् ।

पूजा र आकाशको जोडी जम्ला त ? त्यो त ‘रामकहानी’ रिलिज पछि नै थाहा हुनेछ । तर, पूजा भने आकाशसँग आफ्नो जोडी फिट  गराउन लागि परेकी छन् । फिल्म सुटिंग सुरु भएदेखि पूजाले आकाशसँगको तस्बिरहरु आफ्नो फेसबुकमा राखेकी छन् ।

आइतबार मात्रै पूजाले रामकहानी को सुटिंगबाट आकाशसँग आफ्नो फेसबुकमा फोटो अपलोड गरेकी छन् । ‘रामकहानी सुटिंगबाट मलाई मन परेको तस्बिर’, आकाश र आफ्नो दुई फोटो राख्दै पूजा लेख्छिन्, ‘रोल, क्यामेरा एक्सन !’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha