करिश्माको मुकेशसँग बस्यो प्रित, ‘हिरोज’ को नयाँ गीत

पूर्णिमा लामाले निर्माण गरेको ‘हिरोज’ फिल्ममा समाबेश यो प्रित बोलको गीत सार्वजनीक भएको छ । चैत्र २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको सो गीतमा करिश्मा मानन्धर र मुकेश ढकाललाई ‘फिचर’ गरिएको छ । गीतमा करिश्मा र मुकेशबीचको प्रेमभाव झल्काइएको छ । भिडियो यस्तो बनेको छ :

प्रल्हाद तिमिल्सिना र प्रबिशा अधिकारीले गाएको गीत शंकर अधिकारी घायलले लेखेका हुन् । बिकास चौधरीले संगीत गरेको गीतको कोरियोग्राफी रामजी लामीछानेले गरेका हुन् । एनबि महर्जनको निर्देशनमा बनेको फिल्मका सार्वजनीक टे«लर र गीत अहिले चर्चामा छन् । एक्शन लभस्टोरी फिल्ममा बेरोजगारीको पीडा, महिला हिंसा, राजनैतिक बिकृति, अन्याय बिरुद्धको आवाजका साथै प्रेमकथा प्रस्तुत गरिएको बताइन्छ । फिल्ममा करिश्मा मानन्धर, जयकिसन बस्नेत, पूर्णिमा लामा, मुकेश ढकाल,संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसी लगायतका कलाकारले अभिनय गरेका छन् ।

जयलक्ष्मी फिल्मस्को ब्यानरमा निर्मित ‘हिरोज’ को प्रस्तुतकर्ता लक्ष्मी लामा छिन् भने निर्मातामा युवराज लामा, शेखर लामा र संजोग राणा छन् । शिब ढकाल र रामशरण उप्रेतीले खिचेको फिल्म कमल राई, कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ । फिल्मको द्धन्द्ध शंकर महर्जनले निर्देशन गरेका हुन् । नयाँ बर्षको उपहार स्वरुप दर्शकमाझ ल्याउन लागीएको फिल्मप्रति आफू निकै आशावादी रहेको पूर्णीमा बताउने गर्दछिन ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha