दोधारमा परिन मरिस्का, हेर्नुस् ‘लम्फू’को नयाँ भिडियो

फिल्म ‘लम्फू’ को दोश्रो गीत ’दोधारमा परेँ म’ को भिडियो रिलीज भएको छ । अर्जुन पोखरेलको संगीत तथा नरेश भट्टराईका शब्द रहेको यो गीतमा दुर्गा खरेलको स्वर छ । भिडियो :

आउँदो बैशाख २८ मा रिलीज हुने ‘लम्फू’ को यस गीतमा नायिका मरिश्का पोखरेल र नव नायक कबिर खड्का फिचरिंग छन् । भिडियोका कोरियोग्राफर शिव विक हुन् । गोपालचन्द्र लामिछानेको निर्देशन रहेको ‘लम्फू’ मा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ । तरकारीवालीको नामले चर्चामा आएकी कुशुम श्रेष्ठको पनि ‘लम्फू’ मा अभिनय छ ।

पपुलर मल्टिमीडियाको लागि शक्तिबल्लभ घोरासैनीले निर्माण गरेका हुन् । लेखन भूपतिको रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको फिल्मका सम्पादक हरि सिलवाल हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha