‘अरुले जे नगर भन्छन्, म त्यही गर्छु’ : प्रियंका कार्की

नायिका प्रियंका कार्की रियल लाइफमा हट छिन्, विन्दास छिन् । तर उनी फिल्ममा भने आमा र फूपुको भूमिका गर्न रुचाउँछिन् । प्रियंका किन रिलमा रियल लाइफ भन्दा फरक रुपमा प्रस्तुत हुन्छिन् त ? यो भिडियो हेर्नुस् :

‘म रिल लाइफमा जे छु त्यो देखाउनु पर्छ भन्ने जरुरी छैन’ प्रियंका भन्छिन्, ‘मेरो लागि यस्तो चुनौतीपूर्ण भूमिका होस् जुन गर्नु भन्दा अगाडी मैंले पनि सोच्न पाउँ।’ हरेक चिज भन्दा आफ्नो कामलाई माथि राख्ने बताउँदै प्रियंका थप्छिन्, ‘जब दुई चार जनाले त्यो रोल नगर है भन्छन्, त्यो रोल म गरेरै छाड्छु ।’ प्रियंकाले ‘छक्का पञ्जा २’ मा नायिका स्वस्तिमा खड्काको आमा बनेर खेलेकी थिइन् भने ‘नाईं नभन्नू ल ५’ मा पनि उनी स्वस्तिमाकै आमाको भूमिकामा प्रस्तुत हुँदैछिन् ।

प्रियंका पुलिस भएका अभिनय गरेको फिल्म ‘शत्रुगते’ यही शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । उनको अपोजिटमा अभिनेता दिपकराज गिरी प्रस्तुत भएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha