विकिनी वडी बनाउँदै बर्षा, घटाईन् ५ केजी तौल

नायिका बर्षा सिवाकोटी विकिनी वडी बनाउने अभ्यासमा लागेकी छन् । विगत १ महिनादेखि बर्षा जिमखाना धाइरहेकी छन् । ‘पाँच केजी त घटिसक्यो’, जिम गएपछिको उपलब्धी बारे बर्षा सुनाउँछिन् ।

फिल्म ‘भैरे’ सुटिंगताका बर्षा मोटाएर ५५ केजी भएकी थिइन् । ‘मोटाउँदा त पिर लाग्ने रैछ’, बर्षा भन्छिन्, ‘जिम गएदेखि ज्यान घटिराछ । खुसी पनि लागिराछ ।’ एक महिनामै पाँच केजी वजन घटेपछि बर्षा विकिनी वडी बनाउनतर्फ लम्किएकी हुन् । ६ महिना भित्रमा आफ्नो वडी विकिनी सेपमा आउने उनको अपेक्षा छ । उसो त जिम गएर मात्रै ज्यान नघट्ने बर्षा सुनाउँछिन् ।

‘खानपिन पनि बार्नु पर्छ नि’, बर्षाको भनाई छ, ‘जिम त छोड्नै भएन ।’ ‘जय शम्भु’को सुटिंगमा रहेकी बर्षा अभिनित भैरे फिल्म प्रदर्शनको क्रममा छ भने विर विक्रम २ मा पनि उनी अनुबन्धित भएकी छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha