पल भन्छन्, ‘आँचललाई किस गर्दिंन’ (फोटो/भिडियो)

वेड सिन र किस सिन नदिने अडान लिएकी आँचल शर्माको पथमा नायका पल शाह पनि उभिएका छन् । पलले स्क्रिनमा दिइने किस सिनलाई नकारेका हुन् । पल र आँचलसँग गरिएको यो रमाईलो कुराकानी हेर्नुस् :

‘म किस गर्दिंन’, पल भन्छन्, ‘अहिलेसम्म फिल्ममा किस सिन दिएको छैन र गर्दिंन पनि।’ रमाईलो कुराकानीका क्रममा पलले आँचललाई किस गर्नु पर्ने थियो । आँचललाई किस नगरेर पलले नुनपानी पिए । आँचलले आफ्नो अडानलाई कायम नै राखिन् ।

यो जोडी अभिनित फिल्म ‘शत्रुगते’ यही शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । मह सञ्चारको प्रस्तुतीमा किरण केसीले निर्माण गरेको फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । तस्बिर : कुशल घतानी राई 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha