पोस्टरमा कति झल्कियो प्रदीप र जसिताको प्रेम ?

चैत ३० गते रिलिज हुने फिल्म ‘लिलिबिली’ को तीन पोस्टर सार्वजनिक भएका छन् । सार्वजनिक गरिएका तीन वटै पोस्टरमा नायक प्रदीप खड्का र नायिका जसिता गुरुङ प्रस्तुत छन् । मिलन चाम्स निर्देशित फिल्मलाई चाम्स सहित गोविन्द शाही र सुदीप खड्का मिलेर बनाएका हुन् ।


लिलिबिली टिम यतिबेला प्रचार प्रसार जुटिरहेको छ । विशेष गरी प्रदीप र जसिता प्रचार प्रसारमा लागिरहेका छन् । फिल्ममा प्रदीप र जसितासँगै नायिका प्रियंका कार्की, नायकद्वाय अनुपविक्रम शाही र सविन श्रेष्ठको अभिनय रहेको छ । फिल्ममा एलिश कार्की र एसडी योगीको संगीत छ । छायाँकार सुदीप बराल हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha