प्रदीप र पूजाको जम्काभेट, त्यसपछि के भयो ?

फिल्म ‘प्रेम गीत’ रिलिज पछि बोलचाल समेत नगरेका नायक प्रदीप खड्का र नायिका पूजा शर्माबिच ‘एक्सक्लुसिभ ‘ रुपमा भेट भएको छ । पुतलीसडकस्थित स्टार मलमा प्रदीप र पूजाको झण्डै तीन वर्षपछि कुराकानी भएको हो ।

प्रदीप ‘लिलिबिली’ प्रचारको लागि नायिका जसिता गुरुंगसँग ‘ईन्टरभ्यु’को लागि रमाईलो छ को कार्यालय आएका थिए । ईन्टरभ्यु सकेर प्रदीप र जसिता मलको दोश्रो तलामा रहेको ‘द् सिनेमा टाइम्स’को कार्यालयमा उक्लिएका थिए । सोही समयमा पूजा ‘रामकहानी’का राम अर्थात् नायक आकाश श्रेष्ठसँग त्यहाँ आइपुगेकी थिइन् ।

प्रदीप अर्का एक सञ्चारकर्मीसँग कुरा गर्दै थिए । पूजा ढोका खोलेर सरासर अफिस भित्र छिरिन् । प्रदीपलाई छल्दै उनी कुर्सीमा बसिन् । पूजालाई देखेर प्रदीप हाँस्दै बोल्न थाले । पूजा बाहिर निक्लिइन् । त्यसपछि के भयो त ? प्रदीप अन्र्तवार्तामा व्यस्त भए । पूजा केही बेर हराइन् । बोल्दा के हुन्छ त ? भन्ने कुरा आएपछि सञ्चारकर्मीद्वाय दिनेश सिटौलाको मध्यस्थकर्तामा प्रदीप र पूजा उभिएको ठाउँमा पुगे । पूजा उता फर्किइन् । प्रदीपले हाँस्दै ‘के छ’ भन्न थाले ? यतिकैमा उनीहरु सहज हुन थाले ।

किन बाहिर आएको भन्ने जिज्ञासामा ‘ईन्टरभ्यु हँदैथियो डिस्टर्व होला भनेर बाहिर आएको’ भन्ने जवाफ पूजाले दिइन् । ‘तर हुँदैन्थ्यो’, प्रदीले जवाफ फर्काइहाले । यसरी एक्कासी भेट हुँदा कस्तो लाग्यो त ? ‘सप्राइज लाग्यो नि !’ प्रदीपले भने । छोटो कुराकानीपछि उनीहरुलाई एकै फ्रेममा बसेर फोटा खिच्न आग्रह गरियो । दुवैले क्यमेरा अगाडी पोज दिए । यसमा थपिए, आकाश र जसिता । अन्त्यमा एक अर्कामा हग गर्दै प्रदीप र पूजा छुट्टिए ।

प्रदीप र पूजाको यो अकास्मत भेट र वातचितले उनीहरु सँगै फिल्म खेल्न सक्ने सम्भावनाको ढोका खुलेको छ । यसमा निर्देशक सुदर्शन थापा र निर्माता सन्तोष सेनको पनि मुख्य भूमिका रहनेछ । किनकी प्रेम गीत यी चार व्यत्तिको सहकार्य र मिहेनतले चलेको थियो । फिल्मसँगै प्रदीप र पूजाको जोडीलाई दर्शकले अत्याधिक रुचाएका थिए । तस्बिर : कुशल घतानी राई

प्रदीपसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha