सोलो रिलिजको फाइदा, ‘शत्रुगते’ लाई उच्च शो

मह सञ्चारको ब्यानरमा किरण केसीले निर्माण गरेको फिल्म ‘शत्रुगते’ लाई सोलो रिलिजको फाइदा पुगेको छ । चैत ९ गतेदेखि प्रदर्शनमा आउने यो मल्टीस्टारर फिल्मले सर्वाधिक हल संख्या पाएको छ । यो शुक्रबार नयाँ नेपाली फिल्महरु प्रदर्शनमा आउने छैनन् ।

देशभर एक सय बढी हल पाएको प्रदीप भट्टराई निर्देशित ‘शत्रुगते’ ले क्युएफएक्स च्यानल अन्तर्गतको हलमा २८ शो , बिग मुभिजमा ९ शो , एफक्युबमा ८ शो, सिने डी सेफमा १०, बिएसआर मुभिजमा ८ र क्युज सिनेमाजमा ७ शो पाएको छ । बुझिए अनुसार शुक्रबार र शनिबारको टिकट बुकिंग राम्रो भैरहेको छ । पल र आँचलसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ शत्रुगते मा मह जोडी सहित दिपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्माको मुख्य भूमिका रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । छायाँकन दिर्घ गुरुङले गरेका हुन् । टंक बुढाथोकीको संगीत रहेको रुपै मोहनी हिट भैरहेको छ । दिपक र प्रियंकासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha