माछीले लेउ खाँदा काटियो एक करोडको केक !

कार्टुञ्ज क्रुका सरोज अधिकारी, आश्मा विश्वकर्मा र नायिका प्रियंका कार्की फिचरिंग माछीले खाने पानीको लेऊ लाई दुई महिना नपुग्दै एक करोड भन्दा बढी पटक हेरिएको छ । यो खुसीयालीमा गायक सरोज ओलीले बुधबार केक काट्दै खुसीयाली साटे ।


केक काट्ने कार्यक्रममा प्रियंका र सरोज आश्मा उपस्थित थिए । उनीहरुले एक अर्कालाई केक खुवाउँदै खुसीयाली साटे । बसन्त सापकोटाको संगीत रहेको गीतमा दिनेश थपलियाको शब्द छ । स्वरमा गायिका मेलिना राईले साथ दिएकी छन् । उदयराज पौडेलले संगीत संयोजन गरेका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोलाई सुदीप बरालले खिचेका हुन् । भिडियो हेर्नुस :

केक काट्ने कार्यक्रममा गायक ओलीले अर्को गीत पनि ल्याउन लागेको खुलाए । उनले गाएका जता जता पिरतीको बाटो, तिमीलाई देखेपछि आइलभ यु भन्न मन लाग्यो जस्ता गीतहरु युवा पुस्तामाझ हिट छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha