फान अवार्डको मनोनयनमा जान्नुस् को-को परे ?

चलचित्र कलाकार संघले आयोजना गर्ने फान अवार्ड ०७३ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । यही चैत्र १६ गते गरिने अवार्डको बुधबार कार्यक्रम गर्दै नोमिनेशनमा परेका प्रतिस्पर्धीलाई प्रमाण पत्र उपलब्ध गराइयो ।

२४ विधाको अवार्डमा ०७३ सालमा प्रर्दशनमा आएका फिल्महरुबीच प्रतिष्पर्धा हुनेछ । सार्वजनिक टप फाईभ नोमिनेशनमा के म तिम्रो होइन र, गाजलु, पुरानो डुंगा, लुट २ र विर विक्रम गरी पाँच फिल्म र यसका निर्देशक नोमिनेशनमा परेका छन् । यस्तै उत्कृष्ट पाँच छक्का पञ्जाकी प्रियंका कार्की, लभ सासाकी केकी अधिकारी, किस्मत २ की शिल्पा पोखरेल, जात्राकी बर्षा राउत र डाईङ क्यान्डलकी सृजना सुब्बा उत्कृष्ट पाँच अभिनेत्रीको मनोनयनमा परेका छन् ।

अभिनेतातर्फ छक्का पञ्जा बाट दीपकराज गिरी, जात्रा बाट विपिन कार्की, पुरानो डुंगाबाट माओत्से गुरुङ, विर विक्रमबाट दयाहाङ राई र शब्दबाट सौगात मल्लबीच प्रतिष्पर्धा छन् ।  प्रधानमन्त्री केपी ओली शर्मा ओलीको प्रमुख अतिथिका आयोजना हुने फान अवार्डमा एक हस्तीलाई लाईफ टाईम अचिभमेन्ट अवार्डबाट सम्मान गरिने संघकी महासचिव एव अवार्डकी संयोजक सरिता लामिछानेले जानकारी दिएकी छन् । महत्वपूर्ण विधाका मनोनयनलाई तल उल्लेख गरिएको छ :

नव निर्देशक
दिपाश्री निरौला, छक्का पञ्जा
प्रदीप भट्टराई, जात्रा
अपिल विष्ट, झुम्की
नरेश कुमार केसी, डाईगं क्यान्डल
सन्तोष सिवाकोटी, शब्द

नव नायक
पृथ्वीराज प्रसाईं, किस्मत २
आर्यन अधिकारी, के म तिम्रो होइन र
आकाश श्रेष्ठ, म त तिम्रै हुँ
लभ सासा, आशिफ शाह
ब्रासलेट, सुगम गुँरागाईं

संगीतकार
कालिप्रसाद बाँस्कोटा, ठमेल बजार (लुट २)
राजनराज सिवाकोटी, पुर्व पश्चिम रेल (छक्का पञ्जा)
बसन्त सापकोटा, शिरैमा शिरबन्दी (हाउ फन्नी)
महेश खड्का, सोझै हो (जय पर्शुराम)
तारा प्रकाश लिम्बु, हारें हारें…वीर विक्रम

छायाँकार
शैलेन्द डि कार्की, गाजलु
पुरुषोत्तम प्रधान, छक्का पञ्जा
रविन आचार्य, डाईंग क्यान्डल
पुरानो डुंगा, शैलेन्द्र डि कार्की
पुरुषोत्तम प्रधान, लुट २

सम्पादक
सुरेन्द्र पौडेल, लुट २
विपिन मल्ल, छक्का पञ्जा
जात्रा, मित्र डि गरुंग
भुपेन्द्र अधिकारी, डाईंग क्यान्डल
सुरेन्द्र पौडेल, लुट २

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha