कत्तिको तर्साउँछ ऋचा शर्माको ‘सुनकेशरी’ ट्रेलरले ?

नायिका ऋचा शर्माले निर्माण गरेको हरर जनराको फिल्म ‘सुनकेशरी’को ट्रेलर रिलिज गरिएको छ । अर्पण थापा निर्देशित फिल्मको प्रोमोले तर्साउँछ । जेठ ११ गतेदेखि प्रदर्शनमा आउने फिल्मको बिहिबार प्रेसमिट गर्दै प्रोमो सार्वजनिक गरिएको हो । प्रोमो हेर्नुस् :

प्रेसमिटमा नायिका तथा निर्मात्री शर्माले हरर मन पराउने दर्शकका लागि सुनकेशरी राम्रो हुने बताइन् । उनले फिल्मको लगानी दुई करोड लगानी दाबी गरेकी छन् । ‘सार्वजनिक प्रदर्शनबाट लगानी उठ्छ भन्नेमा हामी विश्वस्त छौं’, ऋचाले भनिन् । यता निर्देशक थापाले सुनकेशरी हेरेर दर्शक तर्सिनेमा ढुक्क रहे ।

मनोज अधिकारी कार्यकारी निर्माता रहेको सुनकेशरी मा ऋचासँगै सनी ढकाल, लोरेन लोफवर्ग, रविन्द्र झा, सुनिल पराजुली, कृष्ण तिवारी लगायत कलाकारहरुको अभिनय छ । राम शर्माको छायाँकन रहेको सुनकेशरीमा कालिप्रसाद बाँस्कोटा र विजय अधिकारीले संगीत दिएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha