केकीले मागिन ऋचा र अर्पणसँग भुतको भूमिका !

नायिका केकी अधिकारीले नायिका ऋचा शर्मा र निर्देशक अर्पण थापासँग फिल्मको भूमिका मागेकी छन् । कुनै सामान्य होइन, केकीले ऋचा र अर्पणसँग भुतको भूमिका मागेकी हुन् ।

प्रसंग हो, ऋचाले बनाएको पछिल्लो फिल्म ‘सुनकेशरी’ ट्रेलर लञ्च प्रेसमिटको । ‘सुनकेशरी’ मा नलिएपनि ‘सुनकेशरी २’ मा भने आफुलाई भुत बनाउन ऋचा र अर्पणलाई ठट्टा गर्दै केकीले आग्रह गरिन् । उनीहरुले पनि ‘सुनकेशरी २’ बनेमा केकीलाई नै भुत बनाउने बताए । तर के तर्साउने फिल्म ‘सुनकेशरी’को सिक्वले बन्ला ?

सिक्वेल जे भएपनि केकी र ऋचा ‘कोहलपुर एक्सप्रेस’ र ‘सुनकेशरी’ हिट बनाउनतिर लागेका छन् । बैशाख १४ गते केकीको ‘कोहलपुर एक्सप्रेस’ र जेठ ११ गतेदेखि ऋचाको ‘सुनकेशरी’ लाग्दैछ । केकीले ‘कोहलपुर एक्सप्रेस २’ बनाउने घोषणा गरि सकेकी छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha