‘शत्रुगते’को प्रशंसा, दिपकदेखि प्रियंकासम्म सबै दंग

प्रतिक्षित फिल्म ‘शत्रुगते’ ले सार्वजनिक प्रदर्शनीमा प्रशंसा पाएको छ । वरिष्ठ तथा चल्तीका कमेडी कलाकार र युवा स्टारको अभिनय रहेको फिल्म हेर्ने दर्शकले मन परेको प्रतिक्रिया दिएका छन् ।

मध्यान्ह् कमलपोरीस्थित कुमारी हलमा गरिएको प्रेश शोमा पनि ‘शत्रुगते’ को प्रशंसा गरियो । ‘फिल्मले हँसायो’, फिल्म हेरेर निस्किएका सञ्चारकर्मीले प्रतिक्रिया दिए । लामो समयपछि ठुलो पर्दामा देखिएका वरिष्ठ कलाकार हरिवंश आचार्यले सबैको मन जिते । मदनकृष्ण श्रेष्ठको फिल्ममा छोटो मिठो रोल छ ।

प्रेश शोमा दिपकराज गिरीले फिल्ममा निभाएको आफ्नो भूमिकालाई दर्शकले मन पराइदिएको खुसी व्यक्त गरे । ‘शत्रुगते’ मा उनलाई अनलाइन पत्रकारको भूमिकामा देख्न सकिन्छ । यता फिल्म हेरेर निस्किएपछि अभिनेत्रीद्वाय दिपाश्री निरौला र प्रियंका कार्की भावविहल बने । दुबैले हर्षको आँसु खसाले । फिल्ममा दिपा ‘हाउस वाइफ’ र प्रियंका प्रहरीको भूमिकामा प्रस्तुत भएकी छन् । प्रेश शोको भिडियो हेर्नुस् :

चारैतिर फिल्मको प्रशंसा भएपछि निर्देशक प्रदीप भट्टराई दंग छन् । ‘अपेक्षा गरे अनुसारकै प्रशंसा आइरहेको छ’, निर्देशक भट्टराईले भने । जात्रा पछि निर्देशक भट्टराईको यो दोश्रो फिल्म हो । गोपिकृष्णमा दर्शकले दिएको प्रतिक्रिया हेर्नुस् :

निर्माता किरण केसीले देशभर फिल्मको व्यापार राम्रो रहेको बताए । ‘कतिपय शोहरु हाउसफूल भएका छन् । सबैले राम्रो भनिरहनु भएको छ, हामी यसमै खुसी छौं’, निर्माता केसीले भने । उनी बिहानी शोमै नायक पल शाह र आँचल शर्माको जोडी लिएर गोपिकृष्ण हल पुगेका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha