‘नाईं नभन्नू ल ५’ मा केकीको ईन्ट्री, भदौ ८ मा रिलिज

विकास आचार्यको ‘नाईं नभन्नू ल ५’ मा नायिका केकी अधिकारीको ईन्ट्री भएको छ । अर्की नायिका बर्षा सिवाकोटीलाई अफर गरिएको भूमिकामा केकी खेल्ने भएकी हुन् । केकीको आगमनसँगै लेखक, निर्माता तथा निर्देशक विकास आचार्यको ‘नाई नभन्नू ल ५’ ले पूर्णता पाएको छ ।

‘भूमिकालाई केही परिमार्जित गरेर केकीलाई लिएका हौं’, लेखक, निर्माता तथा निर्देशक आचार्यले भने, ‘केकीको भूमिकाले फिल्ममा खास महत्व राख्दछ ।’ फिल्ममा अनुभव रेग्मी, प्रियंका कार्की, दीलिप रायमाझी, स्वस्तिमा खड्का, सेड्रिना शर्माको मुख्य भूमिका रहनेछ । संगीत बसन्त सापकोटाले भर्नेछन् । अघिल्ला सिरिज जस्तै यसमा पनि पारिवारिक प्रेम कथा रहने उनको भनाई छ ।

‘नाईं नभन्नू ल ५’ को शनिबार मैतिदेवी मन्दिरमा शुभसाईत गरियो । यही सातादेखि छायाँकन सुरु हुने विकासले बताए । उनले भदौ ८ गते फिल्म दर्शकमाझ आउने समेत खुलाए । शो मितिमा अनमोल केसीको ‘क्याप्टेन’ सहित अन्य फिल्म आउने चर्चा भएतापनि ‘नाईं नभन्नू ल ५’ भदौ ८ बाट पछि नहट्ने विकासले बताए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha