रिलिज भयो प्रदीप र प्रियंकाको इस्तानबुलको रोमान्स

यही चैत ३० गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लिलिबिली’ को तेश्रो गीत रिलिज गरिएको छ । नायक प्रदीप खड्का र नायिका प्रियंका कार्की फिचरिङ भिडियोको छायाँकन स्कटल्यान्डको इस्तानबुलमा गरिएको हो । भिडियो हेर्नुस् :

एसडी योगीको संगीत तथा स्वर रहेको हावा सरी बोलको गीतमा दिपेन्द्र घिमिरेको शब्द छ । एसडीलाई मेनुका पौडेलले स्वरमा साथ दिएकी छन् । भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन । सिनेम्याटोग्राफी सुदीप बरालको छ ।

मिलन चाम्स निर्देशित लिलिबिली मा प्रदीप र नव नायिका जसिता गुरुंग मुख्य भूमिकामा प्रस्तुत भएका छन् । साथमा प्रियंका, नायक सविन श्रेष्ठ र अनुपविक्रम शाहीको अभिनय छ । फिल्मलाई निर्देशक चाम्स, गोविन्द शाही र सुदीप खड्काले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha