‘भुइंमान्छे’ ले यसरी काटे मान्छे (प्रोमो)

कलाकार रमेश बुढाथोकी र भलिबल खेलाडी सिपोरा गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘भुइंमान्छे’ को प्रोमो रिलिज गरिएको छ । भदौ २ गतेलाई प्रदर्शन मिति तोक्दै यो फिल्मको प्रोमो सार्वजनिक गरिएको हो । प्रोमोमा मान्छे काटेको दृश्यदेखि सिपोराको रोमान्टिक र एक्सन दृश्य पनि समावेश छ । प्रोमो हेर्नुस् :

नवराज बुढाथोकी निर्देशित फिल्म भुईंमान्छे मा रमेश र सिपारासँगै साहिन प्रजापति, रामबाबु गुरुङ, बादल भट्ट लगायतको अभिनय रहेको छ । रोहिनी भट्टराई कार्यकारी निर्माता रहेको फिल्ममा निरुपा राज्य लक्ष्मी शाहको लगानी रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha