‘हरी’मा बिपिनको भिन्न भिन्न रुप (प्रोमो)

अभिनेता बिपिन कार्कीको मुख्य भूमिका रहेको फिल्म हरी को प्रोमो रिलिज गरिएको छ । आउँदो सालको जेठ ४ गते फिल्म रिलिज गर्ने गरी यो फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । प्रोमो यस्तो छ :

‘हरी’ लाई सफल केसी र प्रतिक गुरुङको संयुक्त लेखन तथा निर्देशन गरेका हुन् । भर्सटायल एक्टर बिपिनलाई हरीमा विभिन्न रोलमा देख्न सकिन्छ । नमस्ते दर्शक वृन्द गर्दै आफ्नो परिचय दिएका हरी प्रोमोमा साँच्चै चाखलाग्दो भूमिकामा प्रस्तुत भएका छन् ।

बिपिनसँगै फिल्ममा सुनिता श्रेष्ठ ठाकुर, कमलमणी नेपाल, थिन्ले लोह्मो, लक्ष्मी वर्देवा लगायत कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha