दयाहाङ भन्दा नाच्न नजान्ने सुरक्षा !

अभिनेता दयाहाङ राईलाई नाच्न नजान्ने हिरोको रुपमा लिइन्छ । तर दयाले नाचेका ‘सुर्के थैली खै’ र ‘चरी चट्ट’ जस्ता गीतले युट्युवमा करोड माथि भ्युज कमाएका छन् । दयाले कम्मर मर्काएको पछिल्लो फिल्म भैरे को गीत मंगलबार मात्रै सार्वजनिक भएको छ ।

‘सनम माया ला को’ बोलको गीतमा दयालाई नायिका सुरक्षा पन्तले साथ दिएकी छन् । गीत रिलिज गर्न मंगलबार आयोजना गरिएको प्रेस मिटमा दया र सुरक्षाले उक्त गीत छायाँकन गर्दाको रमाईलो र नरमाईलो अनुभव सेयर गरे । कार्यक्रमको सुरुमै ‘मलाई यो गीत भन्यो कि गाह्रो लाग्छ’, दयाले भनिहाले, ‘मैंले त डिरेक्टर सापलाई प्रोमो लञ्च गरौं भनेको थिएँ । गीत नै रिलिज गर्नुभयो ।’

यता नायिका सुरक्षा पन्तले पनि आफुलाई नाच्न गाह्रो लाग्ने बताइन् । गीतको सुटिङमा कसले बढी टेक खायो भन्ने प्रश्नमा सुरक्षाले भनिन्, ‘टेक त मैंले नै बढी खाएँ । दया दाई त राम्रो नाच्नु हुन्छ । मलाई त नाच्नै आउँदैछ ।’ उसो त दया भएकै कारण आफु उक्त गीतमा नाच्न उत्साहित भएको सुरक्षाले सुनाइन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha