‘नबोल्ने’ प्रियंका र जसिताको यस्तो तस्बिर रिलिज !

नायिकाद्वाय प्रियंका कार्की र जसिता गुरुगं यसै साता सम्पन्न फिल्म ‘लिलिबिली’ को प्रेसमिटमा एक अर्कामा बोलेनन् भन्ने खबर बाहिरिएको थियो । नबोल्ने यी दुई हिरोइनको निकै निकट रहेको केही तस्बिरहरु मिडियामा सार्वजनिक भएका छन् ।

सार्वजनिक तस्बिरमा प्रियंका र जसिता निकै निकट रहेको जस्तो देखिन्छ भने उनीहरु एक अर्कामा रमाइरहेका पनि छन् । वाइनको बोतल समाउँदै नायक प्रदीप खड्काका दुई हिरोइन दंग पर्दै हाँसिरहेका छन् । लाग्छ उनीहरु निकै मिल्ने साथी हुन् । प्रेसमिटको भिडियो हेर्नुस् :

यसरी एकअर्कामा नजिक रहेका प्रियंका र जसिता प्रेसमिटमा चाहिं किन बोलेनन् ?  उनीहरु साँच्चै बोलेनन् या मिडियाले उनीहरु बोलेका देखेन ? उसो त प्रियंकाले ‘लिलिबिली’ कै एक प्रेसमिटमा जसितासँग आफु त्यति निकट नरहेको बताएकी थिइन् । मिलन चाम्स निर्देशित यही चैत ३० गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha