‘कृ’ निर्माता हिरासतमुक्त, ११ लाखमा कुरा मिल्यो

‘कृ’ निर्माता सुवास गिरी र निर्देशक शम्भु प्रधानबिच सहमती भएको छ । महानगरीय प्रहरी परिसर टेकुमा दुई पक्षबिच ११ लाखमा सहमती भएको हो । दुई पक्षबिचको सम्झौतासँगै निर्माता गिरी हिरासतमुक्त भएका छन् ।

फिल्म ‘सम्झना’को ‘उकालीमा अघिअघि’ बोलको गीतको एक हरफ बिना अनुमती कृ मा प्रयोग भएपछि निर्देशक प्रधानले प्रहरी परिसरमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा प्रहरीले निर्माता गिरीलाई मंगलबार हिरासतमा राखेर सोधपुछ गरेको थियो । ११ लाख दिने सम्झौता भएसँगै निर्माता गिरी बुधबार हिरासतमुक्त भएका छन् । बताइएअनुसार फिल्म सम्झना उतिबेला ११ लाख आइसीमा बनेको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha