आकाशको ‘ड्रिम गर्ल’ असार २९ देखि आउने

नायक आकाश श्रेष्ठ र नायिका आश्मा गिरीको मुख्य भूमिकामा प्रस्तुत भएको फिल्म ‘ड्रिम गर्ल’ असार २९ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने भएको छ । निर्देशक ऋषिराज आचार्यको ‘ड्रिम गर्ल’ डिसिएनले बितरण गर्ने सम्झौता भएको बताउदै प्रदर्शन मिति सार्वजनीक गरेका हुन् ।

फिल्ममा आकाश र आश्मासंगै बिल्सन बिक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, सुरवीर पण्डितलगायतका कलाकारले अभिनय गरेको फिल्ममा झण्डै दुई करोड बढी लगानी लागेको बताइन्छ । काठमाडौ, मुस्ताङ, राराताल तथा थाइल्याण्डका बिभिन्न स्थानमा खिचीएको फिल्मको मुख्य निर्माता पनि निर्देशक ऋषिराज आफै हुन । सह निर्मातामा अर्जुन शर्मा,दक्षिण भारतको रिल एण्ड रियल सिनेमाका अन्टा रोचा रोवन र रामेश्वर घिताल छन् ।

आरबि मुभीजको ब्यानरमा बनेको प्रेमकथानक फिल्ममा अर्जुन पोखरेलले संगीत छ । राहुल राईले खिचेको फिल्मको सम्पादन नवीन निरौलाले गरेका हुन् । केही दिनपछि फिल्मको एउटा गीत सार्वजनीक गरिने निर्देशक ऋषिराजले जानकारी दिएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha