‘लिलिबिली’ प्रोमोशन मोफसलमा यसरी हुँदैछ

चैत ३० गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लिलिबिली’ टिम यतिबेला मोफसल प्रचारमा छ । नायक प्रदीप खड्का, नायिका जसिता गुरुंग र गायक प्रताप दास दर्शकसँग प्रत्यक्ष साक्षत्कार गर्दै फिल्मको प्रचार गरिरहेका छन् ।

प्रचार टुरमा निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्का पनि सँगै छन् । चितवन, इटहरी र धरानपछि टिम विर्तामोड र दमकतर्फ लाग्दैछ । मोफसल प्रचार सेकर टिम आउँदो साता राजधानी फर्किनेछ । प्रदर्शन मिति नजिकिएसँगै लिलिबिली को प्रचार प्रसार आक्रमक बनाइएको छ ।

निर्देशक चाम्स, गोविन्द शाही र सुदीप खड्काको संयुक्त लगानीमा बनेको फिल्म लिलिबिली मा प्रदीप र जसितासँगै प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ लगायतको अभिनय रहेको छ । प्रदीपसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha